एमाले जनताको सुखदुखको पार्टीः रखाल


वैशाख २२, दैलेख
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रदेश सभा सदस्य मिनासिं रखालले नेकपा एमाले जनताको सुखदुखमा साथ दिने ेपार्टी भएको बताएकी छन् । नौमूले गाउँपालिका ३ द्वारीमा नेकपा एमाले नौमूलेले गरेको चुनावी सभालाई सम्बोधन गर्दै रखालले यस्तो बताएकी हुन् ।
सभालाई सम्बोधन गर्दै नेकपा प्रदेश सभा सदस्य समेत रहेकी रखालले नेकपा एमाले जनताको पार्टी सुखःदुखको सहयोगी भएकोले एमालेका सबै उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन अनुरोध गरेकी हुन् ।
केन्द्रीय सदस्य रखालले प्रमादेशको गठबन्धनले देशको विकास गर्न नसक्ने बताउदै एमालेको सरकारले देश र जनताको लागि धेरै काम गरेको बताइन् । उनले नौमूलेको विकासका लागि यहाँ एमालेको सरकार आबश्यक रहेको बताइन् ।
सभामा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार ससिराम बिश्वकर्माले विजयी पछि आफुले पाउने सबै सुविधा गरिब र असायको शिक्षामा लगानी गर्ने बताए । उनले जनताले समग्र नौमूलेको विकासको लागि एमालेको नेतृत्व आबश्यक ठानेर एमालेलाई विजयी बनाउन अनुरोध गरे । चुनावी सभामा गाउँपालिका उपाध्यक्ष गिता चन्द, वडा न ३ का वडा अध्यक्षका उम्मेदवार नरबहादुर पुरिले आफ्ना प्रतिबद्ध व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार